नियम १०
लिलाम बिक्री

(१) सैनिक अस्पतालमा रहेको औषधी र सरसामानहरू अस्पतालको निमित्त काम नलाग्ने भएमा त्यस्ता औषधी र सरसामान सडाउन गलाउन वा मर्मत गर्न वा लिलाम बिक्री गर्नको लागि अर्डन्यान्सको प्रतिनिधि १ सैनिक अस्पतालका डाक्टर १ र समितिको एकजना सदस्यसमेत जम्मा ३ जवानको उप–समिति गठन गरिएको छ ।

(२) उप–समितिको निर्णय सैनिक अस्पतालका सि. ओ. ले समितिमा पेश गरी निर्णय बमोजिम लगत कट्टा गर्न सी. ओ. ले सरोकारवाला सबैलाई जनाउ दिनेछ ।
(३) उप–समितिको बैठक सैनिक अस्पतालका सि. ओ. ले बोलाउने छ ।
(४) उप–समितिले लिलाम गर्ने भनी ठहराएमा मालसामानहरू रीतपूर्वक लिलाम बिक्री गरी भएको आम्दानी नेपाल सरकारको सर्वसञ्चित कोषमा दाखिल गरिने छ ।